एशियन लाइफद्वारा मृत्यु बीमा दाबी भुक्तानी

११ बैशाख २०८०, सोमबार १०:५६

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको जनकपुरधाम धनुषा शाखा कार्यालयले बीमितको परिवारलाई मृत्यु बीमा बापतको रकम भुक्तानी गरेको हो ।

कम्पनीले मोटरसाईलक दुर्घटनामा परी मृत्यु भएका मृतकको परिबारलाई घरदैलोमा गई दावी रकम वापतको ५ लाख ४६ हजार ८२२ रुपैयाँ उपलब्ध गराएको हो । शाखाले आयोजित गरेको कायक्रममा कम्पनीका जनकपुर शाखाका शाखा प्रबन्धक एश्वर्य कुमार कणले बीमितको बुवा तथा इछाएको व्यक्ति हरिदेव यादबलाई दावी भुक्तानी हस्तान्तरण गरेका हुन् ।

गत पौष १५ गते सर्लाही ईश्वरपुर नगरपालिका वडा नं. १२ पुर्व पश्चिम लोकमार्ग स्थित बाके जंगलमा ना १ ब २५५६ नम्बरको मोटरसाईकल दुघर्टना हुँदा मोटरसाईकल चालक (बीमित) जिल्ला धुनषा धनुषाधाम नगरपालिका वडा नंं.२ बस्ने रोशन कुमार यादव घाइते भई उपचारको क्रममा मृत्यु भएको थियो ।

मिति २०६७।१०।२७ मा बीमितको सानो बुवा तथा यस कम्पनीका अभिकर्ता रामचन्द्र यादवले २ लाख रुपैयाँको बीमा गरेका थिए । उक्त कार्यक्रममा कर्णले एशियन लाईफ इन्स्योरेन्स क.लि. सदैव बीमितको हकिहित प्रति प्रतिबद्घ रहेको र दाबी भुक्तानी प्रक्रियामा अझै शीघ्रता ल्याई आम नागरिकको बीमा प्रतिको भरोसा बृद्घि गर्न कुनै कसर बाकी नराखिने जानकारी गराएका थिए ।

उक्त बीमा दावी भुक्तानी कार्यक्रममा अभिकर्ता साथै बीमित यादवका श्रीमती, परिवारजन, विद्यार्थी तथा समाजका विशिष्ठ व्यक्तिहरको उपस्थित रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*