नेप्सेद्वारा दुई जीवन बीमा कम्पनीको परिवर्तित शेयर संरचना अभिलेख

१० बैशाख २०८०, आईतवार १३:३९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई जीवन बीमा कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको छ । नेप्सेले प्राइम लाइफ र युनियन लाइफ इन्स्योरेन्सको शेयर संरचना अभिलेख गरेको हो ।

नेप्सेमा सूचीकृत प्राइम लाइफको कुल ३ करोड १४ लाख ९ हजार ६५७ कित्ता शेयर कायम रहेकोमा नेपाल बीमा प्राधिकरणबाट शेयर संरचना परिवर्तन गर्ने सहमतिको पत्र, नेपाल धितोपत्र बोर्डको पुँजी संरचना परिवर्तन अभिलेख र कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रबन्धपत्र नियमावलीमा संशोधन भएअनुसार प्राइम लाइफको शेयर संरचना परितर्वन गरिएको हो ।

सो अनुसार अब प्राइम लाइफको संस्थापक समूहको शेयरको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको शेयरको हिस्सा ४९ प्रतिशत कायम रहने गरी संस्थापक समूहको कुल २८ लाख २६ हजार ८६९ कित्ता शेयर आजदेखि सर्वसाधारण समूहमा अभिलेख गरी सोही समूह अन्तर्गत कारोबार योग्य भएको छ ।

त्यस्तै, यता युनियन लाइफ इन्स्योरेन्सको कुल २ करोड ३४ लाख २८ हजार ५५० कित्ता शेयर नेप्सेमा कायम रहेको छ । नियामक निकायहरुको नियमावलीमास संशोधन भएअनुसार कम्पनीको संस्थापक शेयरको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण शेयरको ४९ हिस्सा शेयर कायम रहने गरी संस्थापक समूहको ४४ लाख ५१ हजार ४२४ कित्ता शेयर सर्वसाधारण समूहमा अभिलेख गरिएको छ ।

साथै सोही समूहअन्तर्गत अब युनियन लाइफको संस्थापक समूहको शेयर सर्वसाधारण समूह अन्तर्गत कारोबार योग्य भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*