सबैभन्दा धेरै नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक, कर्पोरेट, शाइन रेसुङ्गा र ग्रीन डेभलपमेन्ट बैंकको देखियो प्रगति
काठमाडौैं । विकास बैंकहरुले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्ममा कुल ३ अर्ब ७१ करोड ९८ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् । बैंकहरुले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार विकास बैंकहरुको नाफा गत आवको तुलनामा २७.१० प्रतिशतले घट्न पुगेको हो ।
गत आवको यसै अवधिसम्ममा विकास बैंकहरुले ५ अर्ब १० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । तेस्रो त्रैमाससम्म आइपुग्दा डेभलपमेन्ट बैंकहरुको खराब कर्जा बढ्न पुगेसँगै बैंकहरुको नाफामा गिरावट आएको हो । राष्ट्रिय स्तरका १२ वाणिज्यहरुमध्ये तीन विकास बैंकबाहेकका सबैको नाफा घट्न पुगेको छ ।
सो मध्ये सिन्धु विकास बैंक चैत मसान्तसम्ममा १ करोड ४८ लाख रुपैयाँ घाटामा रहेको छ । बैंकले गत वर्ष यसै अवधिसम्म ४ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो । १२ विकास बैंकमध्ये कर्पोरेट डेभलपमेन्ट बैंक, शाइन रेसु्ङ्गा डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा बढ्न पुगेको छ भने बाँकी सबैको घट्न पुगेको छ ।
चालु आवको ९ महिनाको अवधिसम्ममा सबैभन्दा बढी मुनाफा आर्जन गर्ने बैंकमा भने मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले सो अवधिसम्ममा ८० करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । तर मुक्तिनाथको यो नाफा गत वर्षको तुलतामा भ ने २१ प्रतिशतले कम हो । गत वर्ष यस बैंकले एक अर्बमाथि नाफा आर्जन गरेको थियो ।
त्यस्तै, दोस्रोमा धेरै नाफा कमाउने बैंकमा गरिमा विकास बैंक रहेको छ । बैंकले यस अवधिसम्ममा ६५ करोड १८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको तुलनामा १६.९३ प्रतिशतले कम हो ।
तीन विकास बैंकले गरे प्रगति
गत आर्थिक वर्षको चैत मसान्तसम्मको तुलनामा यस आर्थिक वर्षमा तीन विकास बैंकले मात्रै खुद नाफा बढाउन सफल भएको छ । सबैभन्दा बढी नाफा ग्रोथ गर्ने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ ।
यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र संचालन मुनाफामा बृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । गत वर्षको तेस्रो त्रैमाससम्म ७५ लाख रुपैयाँ मात्रै नाफा आजर्न गरेको यस बैंकले यस अवधिसम्ममा १ करोड ३० लाख रुपैयाँ नापाm कमाएको छ । यो नाफा ७३.३० प्रतिशतले बढी हो ।
त्यस्तै, दोस्रोमा नाफा बढाउने बैंकमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ । बैंकले गत वर्षको तुलनामा १४.३९ प्रशितले नाफा बढाएर यस अवधिसम्ममा ५५ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, तेस्रोमा ग्रीन डेभलपमेन्ट बैंक रहेको छ । बैंकले पनि यस अवधिसम्ममा ८.५१ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ ।