नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन
७ बैशाख २०८०, बिहीबार १७:४३
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम कम्पनीको शेयरमूल्य ६१८ रुपैयाँका आधारमा नेप्सेले ८.५ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ५६९ रुपैयाँ ५९ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा आइतबार कम्पनीको कारोबार खुल्नेछ ।