बीमाको दायरामा ४४ प्रतिशत नागरिक

६ बैशाख २०८०, बुधबार १३:४४

काठमाडौं । बीमाको पहुँच ४४ प्रतिशत नागरिकमापुगेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार आठ महिनासम्ममा बीमाको पहुँच ४४। ०५ प्रतिशतमा पुगेको हो ।गत आर्थिक बर्षको सोहि अवधिमा बीमाको पहुँच ३५।४५ प्रतिशत रहेको थियो । बीमा प्राधिकरणको प्रादेशिक कार्यालय र बीमा जनचेतनामूलक कार्यक्रमले बीमाको दायरा थप फराकिलो गरेको छ ।

बीमा कम्पनीहरुको मर्जरको कारण अस्वस्थ्य प्रतिस्पर्धाको कारण पनि बीमा कम्पनीहरुको विश्वास थप प्रगाढ हुने बीमा प्राधिकरणको धारणा रहेको छ। स्वस्थ्य प्रतिस्पर्धाको कारण बीमा बजारमा थप केही नयाँ आशा आउने बीमा अधिकारीहरु बताँउछन् ।

त्यस्तै, बीमा कम्पनीहरुको मर्जरको कारण बीममकको शाखा कार्यालय ३ ।४२ प्रतिशतले घटेको छ। गत आर्थिक बर्षमा ३ हजार ३ सय २९ बीमा कम्पनीको शाखा कार्यालयको सङख्या घटेर ३ हजार २ सय १५ पुगेको छ।

त्यस्तै, बीमा कम्पनीहरुको कर्मचारीहरुको सङख्या २।७७ प्रतिशतले घटेको छ।बीमालेख सङख्याको आधारमा हेर्ने हो भने जीवन बीमा कम्पनीहरुको पोलिसी २५ प्रतिशतले बढेको छ भने निर्जिवन बीमा कम्पनीहरुको बीमा पोलिसी सङख्या ३।२४ प्रतिशतले घटेृको तथ्यांकले देखाएको छ।

व्यवसायको आधारमा हेर्ने हो भने कम्पनीको निर्जिवन बीमा कम्पनीको धेरै रहेको छ। निर्जिवन बीमा कम्पनीहरुको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा २।२७ प्रतिशतले बढेको छ।

त्यस्तै जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा १।६६ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*