गुराँस लाइफको वार्षिक साधारण सभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव पारित
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औं वाषिक साधारण सभा आज सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय श्रीराज भवन, तिनकुने काठमाडौंमा १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब २३ करोड ९३ लाख ७० हजार रुपैयाँको १३।२७ प्रतिशतले हुन आउने २९ करोड ७१ लाख ९३ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै सभाले गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभ्ने।गाभिने सम्बन्धी प्रस्ताव समेत पारित गरेको छ । तीन कम्पनीबीच एक आपसमा गाभिएपश्चात हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्ने प्रस्ताव पनि पारित गरेको हो ।
त्यस्तै, आज बसेको सभानले चल।अचल सम्पती तथा दायित्व मूल्यांकन प्रतिवेदनको आधारमा तीन वटै कम्पनीको शेयर अनुपात १ः१ः१ कायम गरी मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
तीन कम्पनी गाभिए पश्चात बन्ने नँया कम्पनीको केन्द्रिय कार्यालय काठमाडौ महानगरपालिका वडा नं। १ मा रहने भएको छ।।