सिटिजन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु बीमा दाबी भुक्तानी

५ बैशाख २०८०, मंगलवार १२:३२

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यृ बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको गुलरिया शाखाले बीमितको परिवारलाई बीमा दावी वापतको रकम भुक्तानी गरेको हो ।

कम्पनीले बढैयाताल गाउँपालिका–३ बर्दिया को बिमित स्वर्गीय उषा पौडेलको परिवारलाई सिटिजन शुभारम्भ योजना अन्तर्गत पाच लाख बिमांक रकम र काजकिरिया खर्च पचास हजार वापतको रकम गरी कुुल ५ लाख ५४ हजार ९२३ रुपैयाँ भुक्तानी गरेको हो ।

कम्पनीले स्व.बीमित पौडेलकी आमा गोमा उपाध्याय पौडेललाई घरमै पुगेर गुलरिया शाखाकी शाखा प्रमुख सुमित्रा सुवेदी साथै शाखाका एजेन्सी म्यानेजरहरु को उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*