मर्जर प्रस्तावसहित युनाइटेड र अजोड इन्स्योरेन्सद्वारा बैशाख २५ मा विशेष साधारण सभा आह्वान
काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न युनाइटेड र अजोड इन्स्योरेन्सले बैशाख २५ गते विशेष साधारण सभा आह्वान गरेका छन् ।
अजोड इन्स्योरेन्सको बैशाख ४ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा बैंशाख २५ गते युनाइटेड वल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर काठमाण्डौंमा बस्नेछ । सभा विहान ११ बजे बस्नेछ । यसका साथै युनाइटेड इन्स्योरेन्सको ३६८ औं संचालक समितिको निर्णयले सभा बैशाख २५ गते अनमोल ब्यांक्युट, शंखमुल, काठमाडौंमा बस्नेछ । सभा विहान ११ बजे सुरु हुनेछ ।
सभाले अजोड इन्स्योरेन्स तथा यूनाइटेड इन्स्योरेन्स एक आपसमा गाभ्ने। गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने छ । यसका साथै अजोड इन्स्योरेन्स तथा यूनाइटेड इन्स्योरेन्स एक आपसमा गाभिए पश्चात बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा ‘यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’ कायम हुने गरी सो नामबाट निर्जीवन बीमा व्यवसाय गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने छ ।
अजोड इन्स्योरेन्स तथा यूनाइटेड इन्स्योरेन्स एक आपसमा गाभिने । गाभ्ने प्रयोजनका लागि मूल्याकनकर्ता एस. आर. पाण्डे एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्ट्सद्वारा तयार गरिएको अजोड इन्स्योरेन्स तथा यूनाइटेड इन्स्योरेन्सको चल।अचल सम्पत्ति, दायित्व तथा कारोवार मुल्याङ्कन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात ८२.५०ः१०० कायम गर्ने गरि गाभ्ने। गाभिन कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गर्ने लगायतका अन्य प्रस्तावहरु पारित गर्ने छ ।
सभाले अजोड इन्स्योरेन्स तथा यूनाइटेड इन्स्योरेन्स एक आपसमा गाभ्ने। गाभिने सम्बन्धी सहमती पत्र अन्तिम सम्झौता पत्र तथा अन्य भए गरेका सम्झौताहरु लगायत सम्पूर्ण काम कारवाहिको अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।
सभा प्रयोजनका लागि अजोड इन्स्योरेन्सले बैशाख १२ गते र युनाइटेड इन्स्योरेन्सले बैशाख १३ गते शेयर दाखिला (बुकक्लोज) गर्नेछ ।