प्रभु लाइफका सञ्चालक मनिराम पोखरेलद्धारा राजिनामा

४ बैशाख २०८०, सोमबार १०:२०

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक मनिराम पोखरेलले पदबाट राजिनामा दिएका छन् । पोखरेलले यही बैशाख ३ गतेदेखि लागू हुने गरी राजिनामा दिएका हुन् । उनको राजिनामा स्वीकृत भइसकेको छ । प्रभु बैंकको तर्फबाट सञ्चालक बनेको पोखरेलले हिजो राजिनामा दिएका छन् ।

बीमा ऐन कार्यान्वयन गराउन भन्दै बीमा प्राधिकरणले पत्राचार गरेपछि अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु सञ्चालक बन्न नपाउने व्यवस्था अन्तर्गत पोखरेलले राजिनामा दिएका हुन् ।

नयाँ बीमा ऐनको व्यवस्था अनुसार सरकारी लगानी बाहेकका कुनै पनि बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सिईओ तथा सञ्चालकहरु बीमा कम्पनीमा सञ्चालक बन्न नपाउने व्यवस्था छ । बीमा ऐनको दफा ५० को उपदफा (ट) बमोजिम बीमा कम्पनीका कर्मचारी तथा सञ्चालक भने फरक किसिमको बीमक कम्पनीमा सञ्चालक बन्न बाधा पारेको नमानिने व्यवस्था छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*