सन नेपाल लाइफ इन्स्योरेन्सको पाँचौ र छैठौं बार्षिक सााधारण सभा सम्पन्न

२९ चैत्र २०७९, बुधबार २०:३६

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ र छैठौं बार्षिक सााधारण सभा आज याक एण्ड यती होटल, दरबारमार्ग, काठमाडौमा सम्पन्न भएको छ ।संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आ.व २०७७÷०७८ र २०७८÷०७९ को संचालक समितिको वार्षिक प्रतिवेदनहरु, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व. २०७७÷०७८ र २०७८÷०७९ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदनहरु पारित गरिएको छ ।

उक्त साधारण सभाबाट आर्थिक बर्ष २०७९÷८० को लागि लेखापरीक्षक श्री के.पि.आर. एशोसिएट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित भएको छ । यसका अतिरिक्त कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्न प्रवन्ध पत्र तथा नियमावली संसोधन प्रस्ताव समेत पारित भएको छ ।
उक्त साधारण सभामा संचालक नीतु क्यालको स्वागत मन्तव्य, संचालक नारायण रुगटाबाट शुभकामना मन्तब्य र संचालक सदस्य किरण के.सि.बाट धन्यवाद ज्ञापन गरेका थिए ।
उक्त साधारण सभा कम्पनी सचिव विवेक खरेलले संचालन गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*