मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, १ लाख ३३ हजारले पाए शेयर

२९ चैत्र २०७९, बुधबार १३:५२

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आइपीओ आज (चैत २९ गते) बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा कमलादीमा आइपीओ बाँडफाँड सम्पन्न भएको हो ।

कम्पनीले निष्काशन गरेको सो आइपीओमा मागभन्दा ११.११ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड भएको छ । यसमा १३ लाख २५ हजार ८४७ जनाले कुल १ करोड ४७ लाख ३५ हजार ५३० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १ लाख ३३ हजार ७३० जनाले मात्र शेयर हात पारेका छन् । ११ लाख ९२ हजार ११७ जनाको भने हात खाली भएको छ ।

हाइड्रोपावरले चैत १९ गतेदेखि २२ गतेसम्म २२ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कशन गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*