हिमालयन एभरेष्ट इन्स्योरेन्सको २९औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको २९औं वार्षिक साधारण सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा सभा बानेश्वर, ब्याङ्क्वेट, थापागाउँ, काठमाडौंमा सम्पन्न भएको हो ।
सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको २.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
यसका साथै सभामा बोनस शेयर जारी गर्दा भिन्न अंकमा आउने शेयरलाई संस्थापक शेयर र सर्वसाधारण शेयरको अनुपात कायमै राखि नजिकको पुरा अंक कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ । साथै बोनस शेयर जारी गर्दा तथा जारी तथा चुक्तापुाजी बृद्धि हुने भएबाट सोही अनुरुप प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
यसका साथै गत आव २०७८।७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिएको छ । साथै चालु आव २०७०।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहतर्फबाट प्रतिनिधित्व गर्ने ३ जना शेयरधनीहरु निर्वाचित गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ३ गते बुकक्लोज गरेको थियो । यसर्थ चैत २ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित भई प्रस्तावित लाभांश पाउनेछन् ।