आज कतिमा हुदैछ सुनचाँदीको कारोबार ?

२८ चैत्र २०७९, मंगलवार १०:४७

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावला सुनको मूल्य १ लाख ९ हजार ८ सय रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार कारोबार भैरहेको छ ।

कारोबारको अघिल्लो दिन अर्थात सोमबार छापावला सुनको मूल्य १ लाख ९ हजार ७ सय रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४३५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात सोमवारको दिन पनि १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*