फागुण मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे २५ अर्ब माथि, कुनको कति ? (तथ्यांक सहित)

२७ चैत्र २०७९, सोमबार १७:४०

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले फागुण मसान्तसम्ममा २५ अर्ब ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा १ लाख ८७ हजार ६४ लाख बीमा पोलिसी जारी गरेर उक्त बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

यस त्रैमाससम्मा सबैभन्दा धेरै कारोबार शिखर इन्स्योरेन्स कम्पनीको रहेको छ । कम्पनीले यस त्रैमाससम्मा ३ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
दोस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस त्रैमाससम्मा १ अर्ब ९७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीको कुल बीमाशुल्क आर्जन यस त्रैमासमा १ अर्ब ९१ करोड रुपैयाँ रहेको छ।

नोट: सिद्धार्थ इ. लि.. र प्रिमियर इ. कं. (नेपाल) लि. हरु फागुन १७ गते मर्ज भई सिद्धार्थ प्रिमियर इ. लि. त्यसैगरि सगरमाथा इ. कं.लि र लुम्बिनी ज. इ. कं. लि. फागुन २९ गते मर्ज भई सगरमाथा लुम्बिनी इ.क.लि. (सलिको) भई एकिकृत करोवार सुरुवात गरेका हुन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*