प्रोजेक्ट छ तर सुरु गर्न पुँजी छैन?, उद्योग विभागले ल्यायो स्टार्ट अप कर्जा दिने प्रस्ताव

२७ चैत्र २०७९, सोमबार १२:२१

काठमाडौं । केहि गर्न इच्छा शक्ति भएका र आफुसँग प्रोजेक्ट रहेको तर सुरु गर्न पुँजी नभएकालाई उद्योग विभागले स्टार्टअप उद्यम कर्जा प्रवाह गर्ने भएको छ । विभागले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि २०७९ मा निहित रही स्टार्टअप उद्यम कर्जा माग प्रस्ताव पेश गर्न अनुरोध गरेको हो ।

विभागका अनुसार मन्त्रालयको निर्देशनलाई परिपालना गर्दै नयाँ प्रोजेक्टहरुको माग गरेको छ । प्रोजेक्ट संचालनको लागि ऋण लिन चाहाने उद्यमीहरुले कोषको कार्यविधिमा निहित रहि कर्जा माग गर्नसक्ने छन् । उक्त स्टार्टअप उद्यम कर्जा परियोजनामा आवेदन परेपश्चात त्यसको अध्ययन, मुल्यांकन, छनौट गरी विभागका विज्ञहरुले आवश्यकताअनुरुप महत्वपूर्ण प्रोजेक्टहरुको लागि कर्जा प्रवाह गर्ने छ । मन्त्रालयले स्टार्टअप उद्यमका लागि १४ शिर्षकमा पुँजी निर्धारण गरेको छ ।

मन्त्रालयका अनुसार प्रविधि, सञ्चार तथा सूचना प्रविधि, मानव स्वास्थ्य सेवा, शिक्षा तथा शिक्षण सिकाइ, सहज र सुरक्षित यातायात तथा पारवहन रहेको छ । यस्तै पूर्वाधार निर्माण, अटोमोबाइल, कृषि तथा पशुपन्छी, वन (जडीबुटी, वन पैदावर), पर्यटन प्रवद्र्धन तथा मनोरञ्जन र अतिथि सत्कार, विज्ञान, परम्परागत प्रविधि उत्पादन र सेवाप्रवाहको प्रक्रियामा सुधार, खानी तथा खनिज अनुसन्धान र विकास, घरायसी वा दैनिक जीवनयापनलाई सरल, सहज र सुरक्षित बनाउने, खाद्य उत्पादन तथा प्रशोधन र फोहोरमैला व्यवस्थापन तथा वातावरण गरी १४ वटा क्षेत्रमा निवेदकले आवेदन दिन सक्ने जनाएका छन् ।

स्टार्ट अप व्यावसाय कर्जा प्रवाह कार्यविधि, २०७९

डाउनलोड गरी पढ्न यहाँ क्लीक गर्नुहोला ।

 

startup bussiness

 

 

One thought on “प्रोजेक्ट छ तर सुरु गर्न पुँजी छैन?, उद्योग विभागले ल्यायो स्टार्ट अप कर्जा दिने प्रस्ताव

  1. रण बहादुर रावल says:

    यसकाे लागि कहाँ सम्पर्क गर्नु पर्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*