अजोड इन्स्योरेन्सले तीन दिने निर्जीवन बीमा अभिकर्ता तालिम संंचालन गर्ने

२७ चैत्र २०७९, सोमबार ११:३५

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । इन्स्योरेन्सले आज एक सूचना प्रकाशित गर्दै बैशाख १३ गतेदेखि १५ गतेसम्म नयाँ बानेश्वर, काठमाडौंमा संचालन हुने तालिममा सहभागि हुन अनुरोध गरेको हो ।

इन्स्योरेन्सका अनुसार उक्त निर्जीवन बीमा अभिकर्ता तालिममा सहभागि हुन न्युनतम एसएलसी वा सो सरह परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने छ । तालिम लिन इच्छुक संस्थाका प्रतिनिधिले नागरिता तथा शैक्षिक योग्यताको प्रमाणपत्रहरु (नोटरीसहित) को प्रतिलिपि, स्थायी लेखा नम्बरको प्रतिलिपि, पासपोर्ट साइजको फोटो ४ प्रति, संस्थाको हकमा सिफारिस पत्र लगायतका कागजात संस्थाको इमेल मा बैशाख १० गते सम्म पठाएर तालिम लिन अनुरोध गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*