पोखराको साथी किसान सहकारी विवादमा परेका थिए दुई करोड घुस मागेका स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठ

२७ चैत्र २०७९, सोमबार ०७:०२

काठमाडौं । यतिबेला स्वतन्त्र पार्टीका ढाका कुमार श्रेष्ठ दुई करोड काण्डको विवादमा परेका छन् । बैंक विरुद्धमा आन्दोलन गर्दै आएका स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईसँग स्वास्थ्य मन्त्री बन्न लागेको भन्दै दुई करोड रुपैयाँ स्वतन्त्र पार्टीलाई दिन भन्दै रकम माग गरेको अडियो सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाका कुमार श्रेष्ठलाई पार्टीले निलम्वन गरी २४ घण्टे स्पष्टिकरण सोधिसकेको छ । यद्यपि सांसद श्रेष्ठले भने उक्त अडियो आफ्नो नभएको र सम्पादनमार्फत अडियो बनाएर चरित्र हत्या गर्ने उद्देश्यले प्रसारित गरिएको दावी गरेका छन् ।

हाल दुई करोड विवादमा मुछिएका पोखराका ढाका कुमार श्रेष्ठ त्यहाँको स्थानीय साथी किसान सहकारीमा लाखौं रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको व्यक्ति भएको खुलेको छ । पोरखको स्थानीय सञ्चार माध्यम आदर्श समाजका अनुसार स्वतन्त्र पार्टीको निर्वाचनमा सहभागी हुनुअघिसम्म उनी सो संस्थाको अध्यक्ष थिए । राजनीतिमा लागेसँगै गत कार्तिक ७ गते बार्षिक साधारणसभामार्फत उनले डा. शनी पाठकको नयाँ कार्यसमितिलाई जिम्मा लगाएको थियो ।

तर, जब नयाँ कार्य समिति आयो, त्यसपछि उनीहरुसँग थुप्रै मानिसहरु बचत फिर्ताको लागि आइरहेका थिए तर संस्थासँग फिर्ता गर्ने रकम थिएन । सोही क्रममा पोखरा महानगरमा बचतकर्ताहरुले उजुरी दिए र त्रिपक्षिय छलफल पश्चात २०७९ पुस २९ गते सांसद भइसकेपछि पुरानो कार्यसमिति र नयाँ कार्यसमितिका बीचमा हिसाब मिलाउँदै जाने र बचतकर्तालाई रकम फिर्ता गर्ने सहमति भएको बीमापोष्टलाई प्राप्त सम्झौतापत्रमा उल्लेख छ ।

पुरानो कार्य समितिले छोडेपछि संस्था स्वतः नयाँ कार्यसमितिको हातमा पुग्दछ । पुरानो कार्यसमितिले भ्रष्टाचार गरेको र हर हिसाब दुरुस्त नराखेको अवस्थामा मात्रै पुरानो र नयाँ कार्य समितिको छुट्टाछुट्टै हुन्छ । साथी किसान सहकारीमा त्यस्तै अवस्था देखिएको छ । जसमा तीन महिनाभित्रमा समस्याको समाधान गर्ने सहमति भएको उल्लेख छ ।

सहकारीको पैसा पुरानो कार्यसमितिले भ्रष्टाचार गरी दुरुपयोग गरेको र नयाँ कार्य समितिले दिन नसकेको पीडितहरुले उतिबेला नै गुुनासो गरेको पाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*