बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १४.३ प्रतिशतले बढ्यो

१ असार २०७८, मंगलवार १४:२५

काठमाडौं । । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको वित्तीय विवरणको आधारमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४ दशमलव ३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११ दशमलव ० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ बैशाख मसान्तमा बैंक तथा वित्तीयसंस्थाहरूमा रहेको निक्षेप २२ दशमलव २ प्रतिशतले बढेको छ ।

त्यस्तै, आर्थिक बर्ष २०७८ बैशाखमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.२ प्रतिशत, ३४.३ प्रतिशत र ४९.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ३२.६ प्रतिशत र ४८.६ प्रतिशत रहेको थियो । आर्थिक बर्ष २०७८ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४० दशमलव ९४ प्रतिशत रहेको छ । त्यस्तै, बैशाख मसान्तमा यस्तो निक्षेपको अंश ४४ दशमलव २५ प्रतिशत रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*