धौलागिरी हिमालको फेदीमा हेलिकोप्टर दुर्घट्नाग्रस्त, पाइटलको जीवितै उद्धार

२६ चैत्र २०७९, आईतवार १३:०४

काठमाडौं । आज विहानदेखि धौलागिरी हिमालको आसपासको क्षेत्रमा बेपत्ता भएको हेलि एभरेष्टको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

विहान ११ः०१ बजे म्याग्दी जिल्लाको उत्तरी क्षेत्रमा पर्ने धौलागिरी हिमालको फेदीमा रहेको इटालियन बेसक्याप्सबाट धौलागिरी बेसक्याम्पमा उडेको हेलिएभरेष्टको हेलिकोप्टर सम्पर्क विहिन भएकोमा केहीबेर अघि मात्रै उद्धार तथा खोजी कार्यका लागि गएको एयर डाइनेस्टीको हेलिकोप्टरले दुर्घटनाग्रस्त अवस्थामा फेला पारेका हुन् ।

 

दुर्घटनाग्रस्त हेलिकोप्टरका चालक श्री अधिकारीलाई जीवितै रहेको र उनको उद्धार गर्ने प्रयास भइरहेको जनाइएको छ । हेलिकोप्टरमा अर्का एक जना यात्रु पनि साथमा भएको र यात्रु र पाइलट दुवै सुरक्षित रहेको जनाइएको छ ।

एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेसँगै बीमा कम्पनीमा करोडौं रुपैयाँको दावी पर्ने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*