बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्की नियुक्त

२६ चैत्र २०७९, आईतवार १२:३२

काठमाडौं । बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्कीलाई नियुक्त गरेको छ । बिहिबार राजधानीको टेकु स्थित अम्बे कम्प्लेक्स टेकुमा रहेको इन वान कम्पनीकै कार्यालयमा कम्पनीका सेल्स एन्ड मार्केटिङ मेनेजर शंकर मैनाली र नायिका कार्कीले औपचारिक रूपमा ब्रान्ड एम्बेस्डर अनुबन्ध भएको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त कम्पनीको बेन्को ब्रान्डको फोनलाइ बिगत ५ बर्ष देखि नेपाल स्थित अम्बे मोबाइल्सले बिक्रीबितरण गर्दै आइरहेको छ । बेन्को ब्रान्ड बजारको प्रतिस्पर्धी ब्रान्ड मध्य धेरै फिचर भएको सुपथ मुल्यमा उपलब्ध ब्रान्ड भएको कम्पनीको दावी छ । नायिका कार्की १ बर्षलाई अनुबन्धित भए संगै फोनको सेल्स बढ्ने अपेक्षा कम्पनी रहेको जारी बिज्ञप्तीमा जनाइएको छ ।

नायिका कार्कीलाई नै अनुबन्ध गर्नु परेको जिज्ञासा्मा छिट्टै कम्पनीले आफ्नो फ्ल्यागशिप स्मार्ट फोन मोडल बेन्को एस वान लन्च गर्न लागेको बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*