युनाइटेड इन्स्योरेन्सको सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका कर्मचारीहरुलाई तालिम

२६ चैत्र २०७९, आईतवार ०९:२४

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि इनहाउस ट्रेनिङ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बर्दियामा आयोजित कार्यक्रममा कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका दर्जनौं कर्मचारीरु सहभागी रहेका थिए । यही चैत्र २४ र २५ गते दुई दिने तालिम निमित्त सिईओ नविन सुवेदीको उपस्थितिमा सम्पन्न भएको हो । सो तालिममा डेपुटी जनरल म्यानेजर बिनोद कसपाल, अण्डरराईटिङ विभागका प्रमुख टोपेन्द्र कटेल, व्यवसाय विकास रणनीति तथा मानव संशाधन विभाग प्रमुख आधार भण्डारीले सहभागी कर्मचारीहरुलाई तालिम दिएका थिए ।

कम्पनीका निमित्त सिईओ नविन सुवेदीले कर्मचारीहरुलाई तालिम तथा आवश्यक निर्देशन दिएका थिए । कार्यक्रमा आरएम तथा प्रदेश प्रमुखहरुको उपस्थिति रहेको थियो । दुई दिने तालिम पश्चात तीन वटै प्रदेशमा कार्यरत कर्मचारीहरुको क्षमता अभिबृद्धि हुनाको साथै व्यक्तित्व विकास र व्यवसाय विकास रणनीतिबारे साझा धारणा बनाउन मद्दत मिलेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*