नेपाली सेनामा ६२१ जनालाई रोजगारको अवसर (सूचनासहित)

२४ चैत्र २०७९, शुक्रबार ११:०६

काठमाडौं । नेपाली सेनाले रिक्त रहेका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । सेनाले आज एक सूचना प्रकाशित गर्दै रिक्त रहेका पदहरुमा ६२१ जना कर्मचारी माग गरेको हो ।

नेपाली सेनाले प्राविधिक । हवाई । विविध सेवा तर्फका रिक्त रहेका विभिन्न पदमा ६२१ नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट पुजारीदेखि एमबीबीएस डा.सम्म पदपूर्ति गर्न सेनाले दरखास्त खुलाएको छ ।

इच्छुक उम्मेदवारले आज चैत २४ गतेदेखि वैशाख २३ गतेसम्म दरखास्त दिन सक्नेछन् । दोब्बर दस्तुर तिरी वैशाख ३० गतेसम्म दरखास्त दिन सकिनेछ। नयाँ भर्नासम्बन्धी सूचना तथा दरखास्त नेपाली सेनाको आधिकारिक वेबसाइटबाट हेर्न र भर्न सकिनेछ ।

दरखास्त फारम भरी नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा बुझाउनुपर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*