घट्यो सुनको मूल्य, १ तोला सुन किन्न १ लाख १० हजार खर्चिनुपर्ने

२४ चैत्र २०७९, शुक्रबार १०:४८

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावला सुनको मूल्य १ लाख १० हजार रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार कारोबार भैरहेको छ ।

साता कारोबारको पाँचौ दिन अर्थात बिहिबार छापावला सुनको मूल्य १ लाख १० हजार २ सय रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार कारोबार भैरहेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेर १ हजार ४४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*