जीवन बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति व्यवसाय भित्र्याए ?
काठमाडौं । संचालनमा रहेका जीवन बीमा ब्यबसाय गर्ने १८ बीमकहरुले फागुन महिनासम्म बिभिन्न बीमालेखहरुबाट ७ प्रदेशबाट कुल ९३ अर्ब ७५ करोड ३७ लाख बीमा व्यवसाय भित्राएका छन् । संचालनमा रहेका कम्पनीहरुले विभिन्न प्रदेशहरुबाट सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक जीवन बीमा, रुपान्तरित सावधिक, बालबच्चा सम्बन्धि सावधिक, बैदेशिक रोजगार म्यादि, म्यादि र लघु जीवन बीमा वापत सो रकम संकलन गरेको हो ।
जीवन बीमा कम्पनीहरुले फागुन महिनासम्म सबैभन्दा बढी बाग्मती प्रदेशबाट बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले बिभिन्न बीमालेखहरुमा बाग्मती प्रदेशबाट कुल ४२ अर्व ४५ करोड ७७ लाख रुपैयाँ संकलन गरेका छन् । त्यस्तै, दोस्रो नम्बरमा लुम्बिनी प्रदेश रहेको छ । जीवन बीमा कम्पनीहरुले यस प्रदेशमा बिभिन्न बीमा लेखहरुबाट कुल १३ अर्ब ५६ करोड ९४ लाख रुपैयाँ आर्जन गरेका छन् ।
त्यस्तै, बिभिन्न बीमालेखहरुबाट कोशी प्रदेशबाट ११ अर्व २५ करोड ४३ लाख रुपैयाँ, मधेस प्रदेशबाट कुल ८ अर्ब ५७ करोड २० लाख रुपैयाँ, गण्डकि प्रदेशबाट कुल ९ अर्ब ३४ करोड ९ लाख रुपैयाँ, कर्णाली प्रदेशबाट ३ अर्ब ८२ करोड ५१ लाख रुपैयाँ र सुदुरपश्चिम प्रदेशबाट ४ अर्ब ७३ करोड ४० लाख रुपैयाँ संकलन गर्न सफल भएका छन् ।