फागुण महिनामा १ अर्ब माथि बीमा पोलिसी सरेण्डर, कुन कम्पनीका बीमितले कति त्यागे पोलिस ? (सूची सहित )
२३ चैत्र २०७९, बिहीबार १८:५५
काठमाडौं । फागुण महिनामा १ अर्ब ८ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ। हाल संचालनमा रहेका १८ जीवन बीमा कम्पनीहरुमा बीमितले ८ हजार ९ सय ३९ वटा बीमा पोलिसी सरेण्डर गरेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ।
बीमा प्राधिकरणका अनुसार बीमा पोलिसी सरेण्डर दिन प्रतिदिन बढ्दै गईरहेको छ । बीमा प्राधिकरणले बीमाशुल्क आर्जनमा मात्रै नभई पोलिसी सरेण्डर कसरी घटाउन सकिन्छ भन्ने तर्फ ध्यान केन्द्रित गर्न कम्पनीहरुलाई निर्देशन दिँदै आएको छ, त्यसको बाबजुद पनि जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर रोक्ने क्रम भने घट्न सकेको छैन ।
बीमा अभिकर्ताहरुको कडाईसँगै पोलिसी सरेण्डरमा केही कडाई हुन्छ भन्ने सोचेको थियौ तर सोचेको जस्तो परिणाम आएन, एक बीमा अधिकारीले भने ।