सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी

२३ चैत्र २०७९, बिहीबार १३:३७

काठमाडौं । सत्ता गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रम तयार पारेर सार्वजनिक गर्ने तयारी गरेको छ ।

न्यूनतम साझा कार्यक्रमको मस्यौदा सत्ता गठबन्धनका सबै दललाई अध्ययनका लागि दिइएको र सुझावसमेत प्राप्त भइसकेकोले अब सत्ता गठबन्धन बैठक गरी पारित गरेर सार्वजनिक गर्ने तयारी छ । अब प्रधानमन्त्रीले सत्ता गठबन्धन बैठक राख्ने र छिट्टै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ ।

गठबन्धन सरकार बनेका बेला विभिन्न विषयमा सामूहिक धारणासहित अघि बढ्दै काम गर्न सरकारका न्यूनतम साझा कार्यक्रम बनाउने गरिएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*