सन नेपाल लाइफद्वारा पोखरा हवाई दुर्घटनामा मृत्यु भएका अनिल शाहीको मृत्यु दाबी भुक्तानी
२३ चैत्र २०७९, बिहीबार १४:२८
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले पोखरा हवाई दुर्घटनामा मृत्यु भएका बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।
कम्पनीले बीमित अनिल शाहीको परिवालाई बीमा वापतको रकम १३ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।