जन्मदिनमा नेपाल लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका ब्यक्तिलाई जीवन बीमा पोलिसी उपहार दिने प्रचलन बढीरहेको छ । जन्मदिन, विवाह, पास्नी तथा विवाह उत्सव जस्ता अवसरहरुमा आफ्ना साथीभाई, इष्टमित्र, परिवार तथा आफन्तीलाई उपहारस्वरुच बीमा पोलिसी खरिद गरी उपहार स्वरुप दिने नयाँ ‘ट्रेन्ड’ नै चलेको छ ।
साथै जन्मदिनको उपलक्ष्यमा नयाँ कार्यको सुरुवात गर्ने हेतुले कसैले जीवन बीमा पोलिसी खरिद गरी बीमा समेत गराउने गरेका हुन्छन् । यसैबीच बन्दिपुर गाउँपालिका वडा नं. १ की बबिना श्रेष्ठले आफ्नै जन्मदिनको अवसर पारेर नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएकी छिन् । भविष्यमा हुन सक्ने जोखिम बहन हुने भएका कारण अन्य तडकभडक गरी जन्मदिन मनाउनुभन्दा जीवन बीमा पोलिसी खरिद गरेको उनले बताइन् ।
बबिनाले नेपाल लाइफ इन्स्योरेन्सको भर्खरै लन्च भएको ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना’ खरिद गरेकी हुन् । नेपाल लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर छबि श्रेष्ठमार्फत उनले नेपाल लाइफको १५ लाख रुपैयाँ बीमाङ्क रकम बराबरको उक्त पोलिसी खरिद गरेकी हुन् । नेपाल लाइफ इन्स्योरेन्स डुम्रे उपशाखाका प्रमुख दिपक पन्तले उक्त पोलिसी हस्तान्तरण गरेका हुन् ।