नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन

२२ चैत्र २०७९, बुधबार १६:३८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । गुराँल लाइफ इन्स्योरेन्सले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम कम्पनीको शेयरमूल्य ४१८ रुपैयाँ ५० पैसाका आधारमा नेप्सेले १३.२७१२ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ३६९ रुपैयाँ ४७ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि कम्पनीको कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*