आफुले कमाएको नगद जम्मा गरेर छोराले आमालाई दिए आइएमई लाइफको बीमा पोलिसी उपहार

२२ चैत्र २०७९, बुधबार १६:२३

काठमाडौं । जीवन बीमा किन गर्ने र यसको के महत्व छ ? भन्ने खालका जिज्ञासाहरु अझै पनि आइरहेका हुन्छन् । जीवन बीमा किन गर्ने भन्ने खालका महत्वपूर्ण सवालहरु अझैपनि समाजमा प्रशस्तै भेटिन्छन् । तर केही वर्षयता बीमा महत्वको बारेमा बुझ्नेहरुको संख्या प्रतिशत बढेको देखिएको छ ।

जीवन बीमा जोखिम व्यवस्थापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवनमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै जीवन बीमा हो । केही वर्षको तुलनामा जीवन बीमा गर्नेहरुको संख्या बढ्दै गइरहेको छ ।

यसैबीच जीवन बीमाको महत्व बुझेर इमाडोल रातामकै चोक, ललितपुरका विशाल लामगोदले आफ्नी आमा डोल्मा लामगोदको बीमा गराइदिएका छन् । विशाल एक जीवन बीमा अभिकर्ता समेत हुन् । उनले जीवन बीमाको महत्व बुझेर आफ्नी आमालाई उपहार स्वरुप जीवन बीमा पोलिसी उपहार दिएका हुन् ।

उनले आफु अभिकर्ता भइसकेपछि जीवन बीमा गर्दा भविष्यमा हुन सक्ने जोखिम बहन हुने भएका कारण आफुले जम्मा गरेको नगदबाट आमालाई बीमा पोलिसी उपहार दिएको बताए । विशालले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबाट १० लाख रुपैयाँको जीवन बीमा पोलिसी खरिद गरेर उपहार दिएका हुन् । कम्पनीका लुभु शाखाका शाखा प्रमुख निकेश महर्जनसमक्ष विशालले उक्त पोलिसी खरिद गरी उपहार दिएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*