अब खस आर्यहरूले पनि सरकारी जागिरमा कोटा पाउने, यस्तो बन्दैछ नयाँ नियम

२२ चैत्र २०७९, बुधबार १३:४१

काठमाडौं । सरकारले संघीय नेपालमा निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरुको व्यवस्थाका लागि नयाँ विधेयकको मस्यौदामा आरक्षणसम्बन्धी व्यवस्था गरेको छ ।

मस्यौदाको दफा ११ मा पदपूर्तिसम्बन्धी विशेष व्यवस्था गरेको छ, जसको पेटबोली यस्तो रहेको छ,निजामती सेवालाई समावेशी बनाउन दफा १० को उपदफा (१) बमोजिम खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये उनन्चास प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शत प्रतिशत मानी त्यसको पचास प्रतिशत पदमा महिलाहरूबीच मात्र र बाँकी पचास प्रतिशत पदमा उपदफा (३) बमोजिमको समूहका उम्मेदवारहरूबीच मात्र प्रतिस्पर्धा गराई पदपूर्ति गरिने छ । नयाँ विधेयकमा खस आर्यलाई आरक्षण दिने प्रस्ताव गरेको छ ।

संविधानले विपन्न अवस्थामा रहेका खस आर्यलाई आरक्षण दिने व्यवस्था राखेको थियो । त्यही व्यवस्थालाई आधार मान्दै सामान्य प्रशासन मन्त्रालयले मस्यौदा गरेको विधेयकमा खस आर्य महिला र पुरुषलाई १० प्रतिशत आरक्षण दिने प्रस्ताव गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*