इन्धनको मूल्य घटेसँगै घट्यो हवाई भाडादर

२२ चैत्र २०७९, बुधबार १३:१४

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक सङ्घले आज (चैत २२ गते) देखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो ।

निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर १० रुपैयाँले कटौती गरेको थियो । सोअनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रूपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि मात्र ७ हजार ५१० तिर्नुपर्थ्यो भने अब ७ हजार ७० भाडा कायम गरिएको छ ।

काठमाडौंबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट) को भाडा ३४५ घटेर अधिकतम भाडा ५ हजार ४९० कायम भएको छ । काठमाडौं–भद्रपुर रुटमा ३ सय, विराटनगरमा २४०, जनकपुरका लागि १३०, पोखराका लागि १५५, भरतपुरका लागि ११०, भैरहवाको २०५, नेपालगञ्जका लागि १८५ र सुर्खेतका लागि ३४५ हवाई भाडा घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*