एनएलजी इन्स्योरेन्सको वार्षिक साधारण आज, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण आजबस्दैछ । सभा आम्रपाली ब्याङ्क्वेट, बालुवटारमा बिहान १०ः३० मा बस्दैछ ।कम्पनीको सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । हाल एक अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ रुपैयाँ चुक्ता पुँजि रहेको कम्पनीको बोनस शेयर वितरणसँगै कूल चुक्ता पुँजि एक अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९१ पुग्नेछ ।
साथै साधारणसभामा आव २०७८।०७९ को बार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरि पारित गरिनेछ । साथै कम्पनीले हालको अधिकृत पुँजि संरचनालाई एक अर्ब ५० करोडबाट बृद्धि गरी एक तीन अर्ब पुर्याउने विशेष प्रस्ताव आगामी साधारणसभाबाट पारित गर्नेछ ।
कम्पनीले साधारणसभाको लागि चैत्र १३ गते नै बुक क्लोज गरिसकेको छ । चैत्र १२ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्रै साधारणसभामा भाग लिने र १० प्रतिशत बोनस शेयर लिन पाउनेछन् ।