युरोपमा बैंक डुब्दा राष्ट्रिय वाणिज्य बैंकका सिईओ किरण कुमार श्रेष्ठ तनावमा
काठमाडौं । युरोपमा बैंक डुब्न थालेपछि राष्ट्रिय बाणिज्य बैंकका सिईओ किरण कुमार श्रेष्ठ तनावमा पर्न थालेको बुझिएको छ । युरोपस्थित श्रेष्ठको ठूलो धनराशी थुपारिएका देशहरूमा बैंकको अवस्था निरन्तर बिग्रँदै जाँदा बैंक टाट पल्टिन सक्ने भयले तनावमा परेको बुझिएको छ ।
युरोपमा बैंकहरूमा अर्बौ रुपैयाँ थुपारेर नेपालमा सरकारी बैंकको सिईओको भूमिका रहेका श्रेष्ठ उताका बैंकहरुमा संकट बढ्दै जाँदा तनावमा परेका हुन् । शंकास्पद रुपमा अर्बौ रुपैयाँ विदेश पुर्याएका श्रेष्ठको नाममा युरोपका बैंकहरूमा अर्बौ रुपैयाँ थुपारिएको छ ।
उनीमाथि यसअघिका तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले कारवाही गर्न उजुरी पर्दा उल्टै कमिशन लिएर छोडिदिएको चर्चा उतिबेलै चलेको थियो । तत्कालीन समयमा बीमा समितिका सञ्चालक समेत रहेका श्रेष्ठले शर्माका आफन्तलाई उक्त पद खाली गराएर गुन लगाउँदै कालोधनको स्वाद चाख्न दिएपछि सेटिङ मिलेको थियो ।
राजनीतिक रुपमा सबैसँग सेटिङ मिलाएका श्रेष्ठको नाममा युरोपको स्वर्ग भनेर चिनिएको स्वीटजरल्याण्डमा समेत रकम रहेको विश्वस्त सूत्रले जनाएको छ । सो सम्बन्धमा जिज्ञासा राख्दा श्रेष्ठले कुनै प्रतिक्रिया दिन चाहेनन् ।
स्मरणरहोस्, स्वीटजरल्याण्डमा रहेको क्रेडिट स्वीस बैंक दुई साता अघि मात्रै संकटग्रस्त बनेको थियो । युरोपमा पछिल्ला दिनहरूमा बैंकहरूको अवस्थामा दिन प्रतिदिन बिग्रने क्रममा रहेको छ ।