प्रभु लाइफ इन्स्योरेन्सले स्थिर सम्पत्ति लिलाम गर्दै

१९ चैत्र २०७९, आईतवार १०:३७

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले प्रधान कार्यालयको तयारी अवस्थामा रहेको लिजहोल्ड सम्पत्ति लिलाम गर्ने भएको छ । कम्पनीले प्रधान कार्यालय अन्य स्थानमा स्थानान्तरण गर्ने भएकाले कार्यालयको आन्तरिक सजावट लिजहोल्ड लिलामिमा ल्याएको हो ।

कम्पनीको कार्यालयमा रहेका स्थिर सम्पत्तीहरु यथास्थितिमा बिक्री गर्ने कम्पनीले जनाएको छ । बैंक एवं वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था तथा अन्य कार्यालय प्रयोजनको लागि उपयुक्त हुने कम्पनीले जनाएको छ । आमिर भवन कमलादीको ४ हजार ५ सय वर्ग फिटको ५ वर्ष पुरानो र आर्यतारा विजनेश टावर भवनको २ वर्ष पुरानो २ हजार वर्ग फिटको दोस्रो तला बिक्री गर्ने भएको हो ।

तयारी अवस्थामा रहेका स्थिर सम्पत्ति खरिद गर्न इच्छुक संघ संस्थाले १५ दिनभित्र आवेदन पेश गर्न आग्रह गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*