हिमालयन एभरेष्ट इन्स्योरेन्समा कसको लगानी कति ?

१८ चैत्र २०७९, शनिबार १४:४४

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको २९औं वार्षिक साधारण सभा यहि चैत २९ गते बुधबार बस्दैछ । कम्पनीले आफ्ना शेयरधनीहरुका लागि २९औं वार्षिक प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।

सार्वजनिक प्रतिवेदनअनुसार कम्पनीमा एक प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व भएका शेयरधनीहरुको संख्या ५ पुगेको छ । जसमा सबैभन्दा बढी महेन्द्र कृष्ण श्रेष्ठको कम्पनीको १३.८२ प्रतिशत लगानी अर्थात् शेयर स्वामित्व रहेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्समा उनको १६ करोड २१ लाख २० हजार ३०० रुपैयाँ बराबरको शेयर स्वामित्व रहेको छ । त्यस्तै, अर्का शेयरधनी बिक्रम कृष्ण श्रेष्ठको ११.८९ प्रतिशत, विनोद कृष्ण श्रेष्ठको १०.१६ प्रतिशत सुवर्ण कृष्ण श्रेष्ठको १०.१५ प्रतिशत र राज कृष्ण श्रेष्ठको ९.९५ प्रतिशत लगानी रहेको छ ।

त्यस्तै, कम्पनीमा ५१ प्रतिशत शेयर नेपाली र विदेशी नागरिकको शेयर स्वामित्व रहेको छ भने ४९ प्रतिशत सर्वसाधारण शेयरधनीहरुको रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*