राष्ट्र बैंकप्रति नयाँ अर्थमन्त्री सशंकित, पटक-पटक नाम लिँदै भने, ‘राष्ट्र बैंकको भूमिका छ’

१७ चैत्र २०७९, शुक्रबार १७:००

काठमाडौं । नव नियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको भूमिका माथि शंकाको दृष्टिले हेर्दै मिलेर अघि बढ्न प्रस्ताव गरेका छन् । नव नियुक्त अर्थमन्त्री डा. महतले आज अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै जनताको समस्याको विषयमा राष्ट्र बैंकको भूमिकाबारे अप्रत्यक्ष रुपमा असन्तुष्टी जनाएका छन् । 


अर्थमन्त्री डा. महतले भने, ‘ऋण लिनेहरु समस्यामा छन, लगानीकर्ताहरु समस्यामा छन्, लघुवित्तदेखि सहकारीसम्म समस्यामा छन् । यसमा राष्ट्र बैंकको पनि अहम् भूमिका छ । अर्थमन्त्रालयले राष्ट्र बैंकसँग समन्वय गरी एकीकृत रुपमा काम गर्न जरुरी छ ।’


नयाँ अर्थमन्त्री डा. महतले अर्थमन्त्रालय भित्र राजनीति नगर्न समेत चेतावनी दिएका छन् । उनले भने, ‘देश यतिबेला समस्या छ, यहाँ पार्टीको कुरा हुँदैन, जनतालाई राहत दिने कुरा छ, एउटा सकारात्मक भाइब्स समग्र अर्थतन्त्रमा दिन आवश्यक छ ।’


मन्त्री महतले दुई पटक नेपाल राष्ट्र बैंकको भूमिकाको बारेमा कुरा उठाएका छन् । मन्त्री महतले देशको अर्थतन्त्रलाई लयमा फर्काउन राष्ट्र बैंकदेखि समग्र क्षेत्रमा नियमन गर्ने संकेत गरेका छन् । 

 

* यसअघि अर्थमन्त्री डा. प्रकाशशरण महत हुनुपर्नेमा अन्यथा हुन गएकाेमा क्षमाप्रार्थी छाै ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*