स्वनियमनमा बसेर जोखिममा आधारित बीमा व्यवसाय गर्न प्राधिकरणको निर्णय

१७ चैत्र २०७९, शुक्रबार १६:२०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले वन रिष्क सोल्भेन्सी एसेसमेन्ट निर्देशिका २०२३ जारी गरेको छ । जसमा कम्पनीको स्वंयमले आफ्नो जोखिम आफै मूल्याङ्कन गर्न थप मद्धत पुग्ने बताए । स्वनियमनमा बसेर जोखिममा आधारित बीमा व्यवसाय गर्न नेपाल बीमा प्राधिकरण नयाँ निर्देशन जारी गरेको छ।

पुँजि हेरेर कम्पनी स्वयम आफैले व्यवसाय गनुपर्ने यस निर्देशिकामा उल्लेख रहेको छ। अन्तर्राष्ट्रिय विवेकपूर्ण र पर्यवेक्षक बीमा उत्कृष्ट अभ्यास मापदण्डहरू अनुसार जोखिममा आधारित ढाँचा पेश गर्न र जोखिम भन्दा माथि सान्दर्भिक आर्थिक उपलब्ध पूँजी स्रोतहरूमा आर्थिक आवश्यकताहरू सेट गरी आफ्नै जोखिम समाधान मूल्याङ्कन गर्न यस निर्देशिका जारी गरिएको प्राधिकरणले जनाएको छ।

आधारित पूँजी र सबैलाई ध्यानमा राखेर आफ्नो पूँजीको आवश्यकतालाई व्यापक परिप्रेक्ष्यबाट नियमित रूपमा मूल्याङ्कन गर्ने बीमाकर्ताको सुशासन दायित्व गर्न यस निर्देशिका ल्याएको बीमा प्राधिकरणले जनाएको छ।

ORSA-1

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*