नेको इन्स्योरेन्सद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
१६ चैत्र २०७९, बिहीबार १०:२८
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले रिक्त पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।
कम्पनीले एसिस्टेन्ट, जुनियर एसिस्टेन्ट पदमा ३ जना कर्मचारी माग गरेको छ । कम्पनीका अनुसार सो पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्लस टु तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।
इच्छुक उम्मेदवारले कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।