युनियन लाइफ इन्स्योरेन्सले शेयर संरचना ५१ः४९ अनुपातमा कायम गर्ने
१५ चैत्र २०७९, बुधबार ११:११
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले संस्थापक समूहतर्फको शेयर सर्वसाधारण समूहमा परितर्वन गर्न लागेको हो ।
कम्पनीको हाल संस्थापक समुहतर्फ ७० प्रतिशत र सर्वसाधारण समुहतर्फ ३० प्रतिशत रहेको शेयर संरचनालाई परितर्वन गरी संस्थापक समुहतर्फ ५१ प्रतिशत र सर्वसाधारण समुहतर्फ ४९ प्रतिशत अर्थात संस्थापक र सर्वसाधारण समूहको शेयर संचरना अनुपात ५१ः४९ कायम गर्ने भएको हो ।
सो सम्बन्धी निर्णय कम्पनीको गत माघ २६ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट निर्णय भएअनुसार संस्थापक समुहको शेयर सर्वसाधारण समुहमा परितर्वन गर्न लागेको हुँदा मञ्जुर नहुने शेयरधनीहरुले ७ दिनभित्र कम्पनीमा सूचीत गर्न कम्पनीले अनुरोध गरेको छ ।