१३.२७% बोनस र अन्तिम मर्जर सम्झौता पारित गर्न गुराँस लाइफले बोलायो साधारणसभा, हिमालयन लाइफ इन्स्योरेन्सको नाममा एकीकृत कारोबार गर्ने

१५ चैत्र २०७९, बुधबार ०९:०८

काठमाडौं । गुराँस लाइफ इन्स्योरन्स कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले आगामी वैशाख ६ गते बुधबार कम्पनीको केन्द्रीय कार्यालय राजभवन तीनकुनेमा भिडियो कन्फ्रेन्सको माध्यमबाट बार्षिक साधारणसभा गर्न लागेको हो । 

कम्पनीले आव २०७७।०७८ मा आर्जित मुनाफाबाट १३.२७ प्रतिशत बोनस शेयर लाभांश बापत दिने प्रस्ताव अघि सारिएको छ । सो प्रस्ताव बार्षिक साधारणसभाबाट पारित भएसँगै कम्पनीको चुक्ता पुँजी दुई अर्ब २३ करोड ९३ लाखबाट वृद्धि भई दुई अर्ब ७१ करोड ९३ लाख पुग्ने भएको छ । 

कम्पनीको यस वर्षको वार्षिक साधारणसभा विशेष महत्वको हुने भएकोछ । युनियन र प्राइम लाइफसँग मर्जरमा जाने अन्तिम तयारीमा पुगेको कम्पनीले अब बैशाख महिनाभित्रैमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव बार्षिक साधारणसभाबाट पारित हुने भएको छ ।

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनको लागि यही चैत्र २३ गते बुक क्लोज गर्ने भएको छ । चैत्र २२ गतेसम्म कायम रहेका शेयरधनीहरुले वार्षिक साधारणसभामा भाग लिन र उक्त १३.२७ प्रतिशत बोनस शेयर लिन पाउनेछन् । 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*