जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ७५अर्ब माथि, टप थ्री कम्पनीलाई पछाउदै राष्ट्रिय बीमा संस्थान र युनियन लाइफ

१४ चैत्र २०७९, मंगलवार १६:३२

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको फागुण मसान्तसम्ममा ७५ अर्ब २० लाख रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले फागुण मसान्तसम्ममा नविकरण बीमाशुल्क आर्जन वापत उक्त बीमाशुल्क आर्जन गरेका हुन् ।

बीमा प्राधिकरणका अनुसार नेपाल लाइफले यस अवधिसम्ममा सबैभन्दा धेरै नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीले यस त्रैमासको अवधिसम्ममा २० अर्ब ९० करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

दोस्रोमा एलआईसी नेपाल रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा १० अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस त्रैमाससम्म्मा ७ अर्ब १० करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*