फागुन मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन १८ अर्बमाथि, कुनको कति ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले फागुन मसान्तसम्ममा कुल १८ अर्ब ५५ करोड १६ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरु ले साढे १८ अर्बमाथि प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।
जसमध्ये सबैभन्दा बढी ३ अर्ब ४७ करोड ३५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, जीवन बीमा ब्यवसायमा उल्लेख्य प्रगति गर्दै नेशनल लाइफ इन्स्योरेन्सले पनि सो अवधिसम्म २ अर्ब ३१ करोड ९ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै, यता एलआइसी नेपालले एक अर्ब ४५ करोड रुपैयाँमाथि प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ । साथै सो अवधिसम्म सूर्यज्योति लाइफले एक अर्ब ६७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, सन नेपाल लाइफले एक अर्ब २० करोड, सिटिजन लाइफ इन्स्योरेन्सले एक अर्ब १५ करोड, ८० एशियन लाइफ इन्स्योरेन्सले ९२ करोड ४१ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ९२ करोड ६ लाख रुपैयाँ, युनियन लाइफले ८३ करोड ३३ लाख, आइएमई लाइफले ८२ करोड ७२ लाख, मेट लाइफले ८० करोड ४९ लाख, रिलायन्स लाइफले ५९ करोड ४८ लाख, प्राइम लाइफ इन्स्योरेन्सले ५१ करोड ८४ लाख, राष्ट्रिय बीमा संस्थानले ४२ करोड ७० लाख, सानिमा लाइफले ५० करोड ७२ लाख, प्रभु लाइफले ४१ करोड १७ लाख, महामक्ष्मी लाइफले २८ करोड ८७ लाख रुपैयाँ र गुराँस लाइफ इन्स्योरेन्सले २२ करोड १३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।