नेप्सेमा थप चार कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

१४ चैत्र २०७९, मंगलवार १५:१९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चारवटा कम्पनीको बोनस शेयर सूचीकृत भएकोछ । नेको इन्स्योरेन्स, अपि पावर कम्पनी, आरएसडीसी लघुवित्त र साधना लघुवित्त वित्तीय संस्थाको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

नेको इन्स्योरेन्सको १५ प्रतिशत दरका कुल २६ लाख २४ हजार ८१८ कित्ता, अपि पावरको ७.५ प्रतिशत दरका कुल २८ लाख ८३ हजार ६८६ कित्ता, आरएसडीसी लघुवित्तको ८ प्रतिशत दरका कुल ६ लाख ४४ हजार १२४ कित्ता र साधना लघुवित्तको १९ प्रतिशत दरका कुल ६ लाख १० हजार ३२८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

सूचीकृत पश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*