आइएमई जनरल इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१४ चैत्र २०७९, मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । नेप्से सूचक आज १२ अंकले बढेर १९१८ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से बढेपनि कारोबार रकम भने खासै उत्साहजनक देखिएको छैन । आज शेयरबजारमा एक अर्ब ४४ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सर्वाधिक आइएमई जनरल इन्स्योरेन्सको ६ करोड १५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । कम्पनीको शेयरमूल्य ०.७७ प्रतिशतले बढेसँगै लगानीकर्ताहरु सो कम्पनीमा झुम्मिएका हुन् । साथै आइजिआई र प्रुडेन्सियल इन्स्योरेन्सले चाँडै एकीकृत कारोबार सुरु गर्न लागेसँगै शेयर कारोबार रोक्का हुनु अगावै लगानीकर्ताहरुले शेयर बिक्री गरेका हुन् ।

साथै हिमालयन डिष्टिलरीको ५ करोड ९७ लाख, शिवम् सिमेन्ट्सको ४ करोड ९२ लाख, एनआइसी एशिया बैंकको ४ करोड ३६ लाख र अपि पावर कम्पनीको ३ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*