सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त, बीमा प्राधिकरणको स्वीकृती
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को सिईओ चंकी क्षेत्रीलाई नियुक्त गर्न अनुमति दिएको छ। नेपाल बीमा प्राधिकरणले आज उनलाई सिईओ नियुक्तको लागि स्वीकृती दिएको हो ।
उनले कार्यकाल चार बर्षको हुनेछ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज भएर सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) बनेको हो । नयाँ नियुक्तिसँग अब फेरि ४ वर्ष उनले सगरमाथामा सीइओको भूमिका निर्वाह गर्ने भएका छन् ।
उनीसँग बीमा क्षेत्रमा २ दशक भन्दाबढी समयको अनुभव छ । सगरमाथा इन्स्योरेन्स कम्पनीमा आउनु पूर्व क्षेत्रीले ओरेन्टल इन्स्योेरेन्स कम्पनी र युनाईटेड इन्स्योरेन्स कम्पनीमा कार्य अनुभव संगालेका छन् ।
सलिकोको नवनियुक्त सिईओ चंकी क्षेत्री नेपाल बीमक संघका अध्यक्ष पनि हुन् ।