नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक एक करोड ८८ लाख रुपैयाँमाथिको कारोबार
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा सर्वाधिक नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।
यो समाचार तयार पार्दासम्म कम्पनीको सर्वाधिक १ करोड ८८ लाख ८६ हजार रुपैयाँमाथिको कारोबार भएको छ । साथै कम्पनीको शेयरमूल्य हालसम्म ०.१५ प्रतिशत अर्थात एक रुपैयाँले बढेर ६६१ रुपैयाँ पुगेकोे छ ।
जीवन बीमा कम्पनीरुले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने क्रम सुरु भइसकेको छ । यसैबीच शेयरधनीहरुलाई राम्रै लाभांश बाँड्दै आइरहेको नेपाल लाइफ इन्स्योरेन्सले गत आवको मुनाफाबाट समेत आफ्ना शेयरधनीहरुलाई राम्रै प्रतिफल दिन सक्ने क्षमता राख्दछ ।
यसकारण पनि अन्य जीवन बीमा कम्पनीहरुको तुलनामा नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य बढी हुनुका साथै लगानीकर्ताहरुको रोजाइमा समेत पर्ने गर्दछ ।