ग्लोबल आइएमई लुघवित्तद्वारा दुईजना संचालक नियुक्त
८ चैत्र २०७९, बुधबार ११:०७
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई जना संचालक नियुक्त गरेको छ । संस्थाको फागुन २४ गते सम्पन्न १०औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी दुई जना संचालन निर्वाचित भएका हुन् ।
संस्थाको चैत ६ गते बसेको संचालक समितिको बैठकले थानपति–८ गुल्मीका मीन प्रसाद ज्ञवाली र ललितपुर–३ की सजनी नेपाललाई संचालक पदमा नियुक्त गरेको हो ।यसअघि संचालक अनिमेश हलवाईको अवधि पुरा भएपछि रिक्त भएको पदमा सजनीलाई नियुक्त गरिएको हो ।