नाडेप लघुवित्तको साधारण सभा भोलि बस्दै, यी प्रस्तावहरु पारित हुने

७ चैत्र २०७९, मंगलवार ११:१३

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा भोलि (चैत ८ गते) बस्दैछ । संस्थाको आठौं वार्षिक साधारण सभा नौविसे एग्रो रिर्सोट, धादिङमा बिहान ११ बजे बस्नेछ ।

सभाले अन्य वित्तीय संस्थासँग गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न, सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ता नियुक्त गर्न तथा निजको पारिश्रमिक निर्धारण गर्न लगायत अन्य सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै गत आव २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, चालु आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*