हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन
७ चैत्र २०७९, मंगलवार १०:२२
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले अज एक सूचना प्रकाशित गर्दै रिक्त रहेको पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीले केन्द्रिय कार्यालयको लागि डोटनेट डेभलपर पदमा केहि संख्याले कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।
इच्छुक उम्मेदवारले कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।